मुलुक जोड्ने सूत्रको खोजी

अनलाइनखबर

मनिकर कार्की

सन् २०१९ मा आधुनिक समयका प्रभावशाली लेखक एवं युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक ज्यारेड डाइमन्डको पछिल्लो पुस्तक ‘अपहिभलः हाउ नेशन्स् कोप विथ क्राइसिस् एण्ड चेन्ज’ प्रकाशित भयो। उनले पुस्तकमार्फत विश्व इतिहासको सिंहावलोकन गर्दै विभिन्न देशले आन्तरिक तथा बाहृय संकटलाई विकास, समृद्धि र परिवर्तनको मार्गमा समाहित गर्न के-कस्ता रणनीति अख्तियार गरे ? भन्ने विषयको विवेचना गरेका छन्। उनले व्यक्तिगत, राष्ट्रिय र विश्वव्यापी संकटलाई अवसरमा बदलेका केही देशहरूको विवेचना गर्दै संकटलाई अवसरमा बदल्ने रणनीतिबारे चर्चा गरेका छन्।

उनले आफ्नो पुस्तकमा इतिहासमा असाध्यै ठूलो संकटबाट गुजि्रएर पनि आधुनिक समयमा सम्पन्न र शक्तिशाली बनेका र बन्ने मनसाय राखेर अघि बढिरहेका राष्ट्रहरूको ऐतिहासिक समीक्षा गरेका छन्। पुस्तकमा मूलतः फिनल्याण्ड, जापान, चिली, इन्डोनेसिया, जर्मनी एवं अष्ट्रेलियाले भोगेका कठिनाइ, सामना गरेका बहुआयामिक संकट र त्यसको कुशल व्यवस्थापनसँगै गरेका आर्थिक, सामाजिक एवं राजनीतिक उपलब्धिहरूको मिहिन चर्चा छ। सोही पुस्तकका दुई प्रसंग हेरौं।

प्रकाशित मिति: : 2022-02-23 09:09:00

प्रतिकृया दिनुहोस्