अझै सुरु हुन सकेन संसद बैठक

File Photo
File Photo

प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो।

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ। जस कारण संसद बैठक सुरु हुन नसकेको हो।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ। 

प्रकाशित मिति: : 2022-02-24 13:50:00

प्रतिकृया दिनुहोस्