एमालेको माग पूरा गर्न देउवा तयार, ओली–देउवाबीच साँझ निर्णायक वार्ता हुने

File Photo
File Photo

एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनको समर्थन नपाउने प्रष्ट भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष एमालेसँग ‘निर्णायक’ छलफल अगाडि बढाएका छन्।

उनीहरूबीचको छलफलमा प्रधानमन्त्री देउवाले एमालेको सबै मागमा छलफल गर्न तयार रहेको बताएका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने निर्णयमा अडिग रहेसंगै आजको प्रतिनिधिसभा बैठक स्थगित गराएर प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग छलफल गरेका हुन्।

संसद भवनभित्रै एक कोठामा अन्य नेताहरुसमेत राखेर देउवा र ओली छलफल गरेका हुन्।

देउवा र ओलीबीच झण्डै २ घण्टा छलफल भएको थियो। उनीहरूबीच बिहीबार साँझ पुन: निर्णायक वार्ता हुने बताइएको छ। 

प्रकाशित मिति: : 2022-02-24 17:11:00

प्रतिकृया दिनुहोस्