एमाले अध्यक्ष केपी ओली भोलि पोखरा आउँदै

File photo
File photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन्।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए।

उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए। स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ। कार्यक्रम पोखराको सभागृहमा दिउँसो ११ बजे हुने भएको छ।
 

प्रकाशित मिति: : 2022-02-24 18:07:00

प्रतिकृया दिनुहोस्