मेयरमा एमाले नेता कार्कीकाे उमेदवारी घाेषणाले बर्दिबास तरंगित

नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य रूपेश कार्कीले महाेत्तरीकाे बर्दिबास नगरकाे मेयरमा उमेदवारी घाेषणा गरेपछि बर्दिबास तरंगित बनेकाे छ।

उनले फागुन ११ गते बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरकाे उमेदवारी घाेषणा गरेका थिए।

उनले उमेदवारी घाेषणा गरेर जारी गरेकाे विज्ञप्ति स्थानिय एक सञ्चारमाध्यमले प्रकाशन गरेपछि बर्दिबास तरंगित बनेकाे हाे।

कतिपय उनका शुभचिन्तक र आफन्तले मेयरमा उमेदवारी दिएपछि आर्थिक सहयाेग समेत गर्ने आश्वसन दिएका छन्।

एमालेका नेताहरूले आफूखुशी मेयरमा उमेदवारी घाेषणा गरेपछि असन्तुष्ट बनेका उनले पनि प्रेस विज्ञप्तिमार्फत उमेदवारी घाेषणा गरेका हुन्।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबाट एमाले प्रवेश गरेका उनी एमालेकाे प्रथम विधान महाधिवेशन प्रतिनिधि बनेका थिए।

विप्लवकाे महाेत्तरी जिल्ला ईञ्चार्ज उनी एमाले प्रवेशसँगै एमालेकाे प्रदेश कमिटी सदस्य चयन भएका थिए।

बर्दिबास-२ वुद्व चाेकका स्थानीय निवासी ४० बर्षीय उनी बर्दिबासका युवा माझ लाेकप्रिय छन्।

'पार्टीमा कुनै छलफल नै नगरी आफूखुशी मेयरकाे उमेदवारी घाेषणा गरेपछि मैले पनि उमेदवारी घाेषणा गरेकाे हुँ',  बिएल नेपाली सेवासँग संक्षिप्त कुरा गर्दै उनले भने।

प्रकाशित मिति: : 2022-02-24 18:24:00

प्रतिकृया दिनुहोस्