सभामुखको विकल्प खोज्न कांग्रेस तयार

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ।

पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन्। बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो। दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो। प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ।

प्रकाशित मिति: : 2022-02-25 07:01:00

प्रतिकृया दिनुहोस्