बिएल संवाददाता
१.
घृणा गर वा त गर पिरती फरक पर्दैन
आँखामा बगोस् बागमती फरक पर्दैन
बानी परिसक्यो दिल धोका खानलाई,
खेल तिमीपनि सकेजती फरक पर्दैन
२.
छोडी जाने रहेछन् साथ सोच्दै सोचिन
हुने रैछ आखिरमा घात सोच्दै सोचिन
केही सोचिन अन्धभक्त बनेर प्रेम गरिरहें,
यसैले पार्ला जीवन बर्बाद सोच्दै सोचिन
३.
कसैको खुशी जिन्दगीसँग खेलेर राम्रो गरिनौं
तिम्रै कारण बर्बाद बनी गयो खेर राम्रो गरिनौं
कि रोप्दै नरोप्नु थियो तिमीले पिरतीको फूल,
फक्रन नदिई कोपिलामै निमोठेर राम्रो गरिनौं
४.
हेरिरहन्छु तिम्रो खुशीको दर्शक बनी प्रेम गर्छु म
दुनियाँले नै भनोस् पागल प्रेमी भनी प्रेम गर्छु म
हाँसीखुशी बिताेस् प्रिया तिम्रो नयाँ जिन्दगी,
तिमीले गरेको त घृणालाई पनि प्रेम गर्छु म
५.
ल्याएर हर्ष र उल्लास त्यो मनमा आएको हुनुपर्छ
सुख , सयल, खुशी बोकेर धनमा आएको हुनुपर्छ
माया गर्ने आफैं, टाढिन खोज्नु कारण यही होला,
मभन्दा धेरै असल त्यो जीवनमा आएको हुनुपर्छ
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया