कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ।

शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक-पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो। कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2022-02-26 21:07:00

प्रतिकृया दिनुहोस्