स्थानीय सेराेफेराे

भ्यू टावर मात्रै बनाएर बसेका छैनाैं, समृद्धिकाे आधार पनि खडा गरेका छाैँ– मेयर भुसाल

कमल प्रभात

सन्धिखर्क
Breaknlinks
Breaknlinks

नयाँ संविधान प्राप्त भइसकेपछि नेपाल संघीय संरचनामा गएको पनि ५ वर्ष पुग्न आँट्यो। नयाँ अभ्यासमा देश गइसकेपछि स्वायत्त सरकारका रुपमा विकास निर्माणका काम अघि बढाईरहेका छन्।

संघीय संरचना लागू भइसकेपछि निर्वाचित जनप्रतिनिधिका रुपमा निर्वाचित प्रतिनिधिको यो अन्तिम कार्यकाल हो। जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकालमा के कस्ता काम गरे ? बिएल नेपाली सेवाको साप्ताहिक प्रस्तुती स्थानीय सेरोफेरोमा यसपटक हामीले अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालसँग कुराकानी गरेका छाैँः

तपाईं जनप्रतिनिधि भएर आएदेखि के–के काम गर्नुभयाे ? स्थानीय तहको नेतृत्व गर्न कति सहज रहेछ ?

म यहाँको लागि नयाँ मान्छे चाहिँ हैन। विगतमा नेपाली काँग्रेसको जिल्ला सभापति भएर विकासका काम गरेकै हो। फेरि हिजाे र आजमा धेरै फरक पनि छ। हिजोको बजेट र आजको बजेटमा धेरै फरक छ। त्यो हिसाबले पनि केही नयाँ काम गर्ने अवसर प्राप्त भयो।

हामीले २०७२ को संविधानलाई प्रयोग गरी जनताका आवश्यकलाई पूर्ति गर्नका लागि निरन्तर काम गरिरहेका छाैँ। बेरोजगारीलाई रोजगार प्रदान गर्ने हिसाबले पर्यटकीय र धार्मिक स्थलको प्रर्वद्धन लागि धेरै प्रयास गरिएको छ।

जस्तै, शान्ति बगैँचा, त्रिवेणी धाम, मधुरा धाम, अर्घाभगवती जहाँ अहिले ३३ फुट अग्लो देवीको मूर्ति बन्दैछ। त्यो एसियाकै सबै भन्दा अग्लो मूर्तिका रुपमा रहनेछ। त्यसैगरी सिद्धेश्वर महादेवको मन्दिर, नरपानीको गंगासरोवर जहाँ पहिला भैँसी चराउने चौरका रुपमा थियो। त्यसलाई करोडौँ रुपैयाँ खर्च गरी पर्यटकीय स्थलको रुपमा विकास गरेका छौँ। यी लगायत हामीले खाँचीकोट भयो, त्यस्तै वडा नं. ११ मा रहेको 'रकगार्डेन' भयाे यिनलाई स्तरउन्नती गरेका छौँ। 

यहाँका किसाकाे सुविधाका लागि करिब ९ करोड खर्च गरेर चिस्यान केन्द्र (काेल्ड स्टाेर) बनाउन लागेका छौँ। त्यसैगरी, सन्धिखर्क–२ मा रहको सिद्ध टावर भयाे। जसबाट पूरै सन्धिखर्क अवलाेकन गर्न सकिन्छ। त्यस्ता धेरै ठाउँलाई योजनाबद्ध रुपमा अगाडि बढाई रहेका छौँ।

किसानलाई दूध बोक्न कन्टेनर वितारण गरेका छौँ। विद्युतीय हलोहरु वितरण गरेका छौँ। नेपालकै प्रसिद्ध मानिने जालकाँडामा बयर बोका सेन्टर। यसरी हामी मासुमा आत्मनिर्भर भएका छौँ। हाम्रोमा कुनै उद्योगहरु छैनन्। किसानलाई अगाडि बढाएर कृषिलाई आम्दानीको मुख्य आधार बनाउने योजनामा अगाडि बढेका छौँ।

यो अवधिमा तपाईंहरुले कस्ता क्षेत्रलाई प्रथामिकता दिएर काम गर्नुभयो ? 

हाम्रो पहिलो प्रथामिकता भनेकाे कृषि नै हो। किनभने, यहाँ उद्योग, कारखाना केही पनि छैनन्। कपिलवस्तु, रुपन्देहीहरुसँग प्रतिष्पर्धा गरेर अगाडि बढ्न सक्ने हाम्रो अवस्था पनि छैन। त्यसले गर्दा आफूहरुसँग भएका साधनलाई कसरी उत्पादनमुखी बनाउने भनेर हामी अगाडि बढिरहेका छौँ। अहिले हामीले उद्योगग्रमको स्थापना गर्ने भनेर अगाडि बढेका छौँ। विकासको काम त हामीले अरु क्षेत्रमा पनि गरेका छाैँ तर आर्थिक आर्जनको लागि विशेष प्रथामिकता दिएको भनेको कृषि नै हो।

त्यसका लागि कस्ता योजना बनाएर अगाडि बढिरहनु भएको छ ? 

यस्ताे छ, उत्पादनका लागि केही ठाउँलाई पकेट क्षेत्रका रुपमा बनाएका छौँ।  जनु क्षेत्रमा जे कुरा बढी उत्पादन हुन्छ, त्यसमा हाम्रो ध्यान र लगानी बढी छ। बाँझो जमिनलाई प्रयोग गरेर उत्पादन बढाउने हाम्राे अभियान हाे। 

शैक्षिक सुधारका लागि के–कस्ता काम गरिरहनु भएको छ ? 

नगरपालिकामा भएका प्राथामिक तहका विद्यालयलाई अंग्रेजी माध्यमबाट सञ्चालन गर्नुपर्छ भनेर लागि रहेका छौँ। हाम्रो नगरमा करिब ३५ वटा विद्यालयसँगै क्याम्पसहरू पनि छन्। यिनीहरुमा हामीले भौतिकदेखि लिएर शिक्षण शैलीमा समेत सुधार गर्ने काम गरिरहेका छौँ।

हामीले स्थानी पाठ्यक्रमको पनि विकास गरेका छौँ। अर्घाखाँची र सन्धिखर्कको संस्कृति, पर्यटन र भौगोलिक अवस्थालाई समेटेर एउटा पुस्तिका नै बनाएका छौँ। जसको कार्यन्वयनको काम अहिले चलिरहेको छ। सन्धिखर्कको गतिविधि के हो ? भन्ने खालका किताबहरु पनि हामीले निकालेका छौँ। त्यस हिसाबले हामी शिक्षा र स्वास्थयमा सुधारका काम गरेका छाैँ। 

नगरपालिकाको नेतृत्व गरेर आफूले सोचेको जस्तो काम गर्न सफल भएको जस्तो लाग्छ ? 

हैन, अब हामी सँग भएको साधान स्रोतलाई सही सदुपयोग गरेका छौँ। अब सोचे जति काम हुने नहुने भन्ने त बजेटको कुरा हुन्छ। हाम्रो आन्तरिक स्राेत पनि त्यति राम्रो छैन। तीन साढे तीन करोड मात्रै हो। त्यहाँ भन्दा छैन हाम्रो बजेट। अब जनताका इच्छा आकांक्षाहरु त धेरै नै हुन्छन। भौगोलिक रुपले पनि हामीहरुले चाहे जस्तो गर्न नसकिने अवस्था छैन्। गरेकाे काम बर्षामा भताभुङ हुन्छन्।

यहाँका दलित, महिला, जनजाति, मुश्लिम लगातलाई स्थापित गर्नका लागि लोकसेवा आयोगका निःशुल्क कक्षाहरु पनि सञ्चालनमा ल्याएका छौँ। बेरोजगारी अन्त्यका लागि पनि हामीले विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छौँ। हामीले अर्घामा खुकुरी उद्योग सञ्चालन गर्न लागिरहेका छौँ। त्याे पनि अर्घा भगवतीको लागो (छाप) लगाएर। अर्घामा आएको पर्यटकले अनिवार्य एउटा खुकुरी लिएर जाने छन्। जे होस् जसरी पनि हामी युवालाई रोगजार प्रदान गर्ने प्रयासमा छौँ। 

कार्य सम्पादनमा केन्द्र र प्रदेशसँग कत्तिकाे तालमेल भयाे ?

हिजो म सर्वदलीय रुपमा बसेकाे मान्छे हुँ। टोपबहादुर रायमाझीदेखि पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा हामी सँगै बसेर काम गरेको ३५/३६ सालदेखि सँगै काम गरेका साथीहरु हुनुहुन्छ। त्यसकारण मलाई कुनै समस्या छैन्। मज्जाले सहमातिमा काम गरेर इजील्ली म अगाडि बढेको छु। 

अन्य पालिकाहरुसँग सहकार्य गर्नु भएकाे छ ? 

मैले एउटा अभिभाकको हिसाबले सबैलाई हेरिरहेको हुन्छु। विभिन्न पार्टीका नेताहरु अन्य पालिकाकामा हुनुहुन्छ। म हिजाे पार्टी सभापति पनि भएको हुनाले सबैले आदार, सत्कार र सम्मान गर्नुहुन्छ। जतिसक्दो सल्लाह गरेर नै कामहरु हुने गरेका छन्। त्यसमा पनि मेरो नगरपालिकामा कुनै समस्या छैन। हामी नगरसभा पनि सजिलोसँग गरेको छौँ। 

सन्धिखर्क नगरपालिकाले अनावश्यक कुराहरुलाई बढी प्रथामिकता दियाे भन्ने आरोप तपाईंहरुलाई लागेको छ नि ? 

हैन, अनावश्यक भनेको सिद्ध टावर (भ्यू टावर) । अनि अर्घाको मन्दिर अनावश्यक होला। गंगा सरोवर जहाँ गाईं–भैँसी डुब्ली खेल्थे त्यहाँ डुङ्गा चल्नु अनावश्यक होला। जहाँ मानिस जान सक्दैन्थे त्यहाँ हामीले विकास भएकाे देख्नु अनावश्यक हो त ? बोलेर मात्रै भएन नि त त्यसको डिजाइन भनेको बाहिरको पर्यटकलाई यहाँ ल्याएर युवाहरुलाई रोजगार दिएर आर्थिक समृद्धि गराउने हाम्रो उद्देश्य हो।

सबैले भगवनलाई मान्दैनन। सबैले राम भगवनलाई मान्दैनन्, सबैले देवीलाई मान्दैैनन्, सबैले बुद्धलाई मान्दैनन्, सबैले शंकर भगवनलाई मान्दैनन् भने हामीले गरेका सबै कुरा सबैले मान्नुपर्छ भन्ने छैन। तर, हामीले जे गरिरहेका छौँ त्यो राम्रो छ भन्ने मेरो विश्वास छ।

सबै फाेटाेः सन्धिखर्क नगरपालिका 

प्रकाशित मिति: : 2021-10-04 10:00:00

प्रतिकृया दिनुहोस्