बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

File photo
File photo

बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। 

गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ। 

शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-27 12:04:00

प्रतिकृया दिनुहोस्