एसीसी प्रिमियर कप

नेपाल र युएईबीचकाे फाइनल खेल हेर्न भाेलि त्रिवि मैदानमा नि:शुल्क प्रवेश पाइने

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत मगंलबार हुने नेपाल र युएईबीचको फाइनल खेल हेर्ने दर्शककाे लागि त्रिवि क्रिकेट मैदानमा नि:शुल्क प्रवेश दिइने भएकाे छ।

आज (साेमबार) वर्षाका कारण स्थगित भएपछि फाइनल खेल मगंलबार बिहान ९ बजेबाट पुन: सुचारु हुँदैछ। साे खेल हेर्न आउने दर्शकहरुलाई मैदानमा नि:शुल्क प्रवेश गराइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।

आजकाे खेलमा पहिले ब्याटिङ गरेकाे युएईले २७.४ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन मात्रै बनाइरहेकाे बेला वर्षा भएपछि खेल राेकिएकाे थियाे।

भाेलिकाे खेल यही अवस्था (२७.४ ओभर)बाट नै सुरु हुने भएकाे छ।

प्रकाशित मिति: : 2023-05-01 17:47:00

प्रतिकृया दिनुहोस्