संसद भवनअघि भेटिएको शंकास्पद प्रेसर कुकर ‘डिस्पोज’ हेर्नुस् (फोटो-भिडियो)

मदन नेपाली

काठमाडौं

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेट अगाडि भेटिएकाे शंकास्पद वस्तु डिस्पोज गरिएको छ।

साेमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर बम भनिएको शंकास्पद वस्तु डिस्पोज गरेको हो।
संसद भवन अगाडि बिहान ‘नो एमसीसी’ लेखिएकाे प्रेसर कुकर भेटिएकाे थियाे। उक्त शंकास्पद नेपाली सेनाको टोलीले डिस्पोज गरेको हाे।

एमसीसी विरोधमा विभिन्न दलले आज नेपाल बन्दको आह्वान गरेको छ। बन्दकर्ताले बम राखेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-28 13:03:00

प्रतिकृया दिनुहोस्