माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ।
बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो।
घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्यो।
यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ। प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो। उसले अघिल्लो खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ। जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ। समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।
अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया