‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ।
बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो।
घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्यो।
यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ। प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो। उसले अघिल्लो खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ। जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ। समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।
अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया