माओवादी केन्द्र सुकेनास लागेर सकिन लाग्यो : टोपबहादुर रायमाझी

File Photo
File Photo

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा सुकेनास लागेर सकिन लागेकाे बताएका छन्। शनिबार आफ्नाे गृहअर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा आयाेजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्ताे टिप्पणी दिएका हुन्।

‘माओवादी केन्द्र सुकेनास लागेर सकिन थालेको छ,’ नेता रायमाझीले भने,‘अझै पनि पार्टीभित्रको झगडा राेकिएकाे छैन।’

माओवादी केन्द्रबाट राजनीतिमा स्थापित उनी नेकपा विभाजनकाे क्रममा एमाले राेजेका हुन्।

नेता रायमाझीले छत्रदेवको कार्यक्रममा बोल्दै पछिलो दुई महिनामा विभिन्न पार्टी परित्याग गरी आजको मितिसम्म झन्डै २४ सय कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको बताएका छन्।

नेकपा एमाले सत्तामा नभएता पनि जनताले रुचाएको एक मात्र पार्टी रहेकाे नेता रायमाझीले बताए।

प्रकाशित मिति: : 2022-03-05 20:22:00

प्रतिकृया दिनुहोस्