माओवादी बैठकको समय सर्‍यो

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सरेको छ।

आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेलाई सारिएकाे हाे।

आइतबारको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने मुख्यसचिव ढकालले बताए।

प्रकाशित मिति: : 2022-03-06 11:21:00

प्रतिकृया दिनुहोस्