हिरासतबाट पल शाहकाे सन्देश

तेजन खड्का

गैंडाकाेट
File Photo
File Photo

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले न्यायालयको फैसलाको पर्खाइमा रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीकाे नियन्त्रणमा रहेका पलले न्यायालयले न्याय दिलाउने कुरामा ढुक्क रहेको बताएका हुन्।

नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। बिएलकर्मी पललाई भेट्न गैडाकाेट पुगेको थियो। हिरासतबाट बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै पलले सत्य/तथ्य चाँडै नै बाहिर आउने बताए।

‘म मेरो शुभचिन्तकहरुलाई कति पनि हतोत्साहित नहुन अनुरोध गर्दछु,’ पलले भने,‘दु:ख त अवश्य लागेको होला तपाईंहरुलाई, मेरो नाममा उजुरी परेपछि प्रशासनलाई अनुसन्धानमा सघाउनु मेरो कर्तब्य हो।’

सत्य कहिले झुटो सावित नहुने भन्दै आफूप्रति जनताले देखाएको माया र स्नेहप्रति उनले आभार प्रकट गरे।

उनले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ दर्शकसँगै हेर्ने इच्छा रहेको बताए। उनले भने,‘नेपालको कानुनलाई सम्मान गर्छु। आशावादी छु सत्यको नै जीत हुन्छ। म चाँडै चलचित्रमा फर्कने छु।’ 

प्रकाशित मिति: : 2022-03-12 08:06:00

प्रतिकृया दिनुहोस्