कांग्रेस अधिवेशन

डाेल्पाकाे पाँचवटै स्थानीय तहमा देउवा पक्षका सभापति!

Symbolic photo
Symbolic photo

नेपाली कांग्रेसले डाेल्पाले गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे छ। जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे हाे।बाँकी चार स्थानीय तहमा अधिवेशन हुन सकेकाे छैन।

गाउँ तथा नगर अधिवेशन भएका पाँचवटै स्थानीय तहमा देउवा पक्षका सभापति चुनिएका छन्।

जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे छ।

त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन प्रणालीमार्फत नगर अधिवेशन सम्पन्न गरेकाे हाे।

पाैडेल पक्षबाट चुनाव लडेका कर्णचन्द्र राेकायलाई १४ मतले पछि पार्दै देउवा पक्षका टाेपबहादुर शाही नगर सभापतिमा विजयी भएका हुन्।

सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि चुनावमा हाेमिएका राेकायले ४९ मत प्राप्त गरे भने शाहिले ६३ मत ल्याएर विजयी भए।

त्यसैगरी उप-सभापतिमा ज्वतीप्रसाद पहाडी र चन्द्र बहादुर लामा विजयी भएका छन्। नगर सचिवमा इन्द्रबहादुर बुढा र भर्रे बुढा निर्वाचित भएका छन्।

त्यसैगरी ठुलिभेरी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ।

सभापतिमा देउवा पक्षधर यज्ञ कार्की सर्वसम्मत नगर सभापतिमा चयन भएका छन्। उप-सभापतिमा नन्द बहादुर कार्की चयन भएका छन्।

काइके गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। गाउँ सभापतिमा देउवा पक्षधर अंगत बुढा चयन भएकाछन्। गाउँ-उपसभापतिमा नन्द बुढा चयन भएका छन्।

जगदुल्ला गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ। गाउँ सभापतिमा देउवा पक्षधर बृज बहादुर राेकाय चयन भएका छन्। गाउँ उप-सभापतिमा कार्मा बुढाथोकी चयन भएका छन्।

मुड्केचुला गाउँपालिकामा सभापति देउवा पक्षबाट भक्तबहादुर थापा दुई मतकाे अन्तर सहित विजय भएका छन्। अर्का पाैडेल पक्षबाट उम्मेदवारी दिएका परिलाल सिंह हार व्यहोर्नु परेको छ।

उपल्लो डाेल्पामा पर्ने छार्काताङ्साेङ्, शे-फाेक्सुन्डाे र डाेल्पाेबुद्व गाउँपालिकामा भने अधिवेशन भएकाे छैन।

छाेटाे समय र निर्वाचनमा खटिने जनशक्तिकाे अभावका कारण वडा तथा गाउँ अधिवेशन गर्न नसकिएको कांग्रेसले जनाएको छ। उपल्लो डाेल्पामा  कांग्रेसको संगठन कमजोर रहेकाे छ।

प्रकाशित मिति: : 2021-11-18 17:58:00

प्रतिकृया दिनुहोस्