जुम्लाका चार खेलाडी सार्कस्तरीय दाैड प्रतियोगितामा भाग लिन भारत प्रस्थान

क्रसकन्टी दाैड प्रतियोगितामा भाग लिन जुम्लाका चार जना खेलाडी भारत गएका छन्।

प्रतियोगिता भारतकाे नागाल्याण्डमा हुन लागेकाेले खेलाडी पठाइएकाे कर्णाली स्पाेर्ट क्लबका सहसचिव धनराज सुनारले बताए।

'प्रतियोगितामा सहभागी हुन भारत जाने खेलाडीहरुलाई एउटा कार्यक्रम गरेर बिदाई गरिएकाे हाे,' उनले भने, 'एथेलेटिक्स खेलाडीहरु बन्धना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बुढाले प्रतियोगितामा भाग लिनेछन्।'

उनले संसारभरका एथलेटिक्स प्रतियोगितामा छाप छाेडेका कर्णाली स्पाेर्स क्लका खेलाडीहरुले नागाल्याण्डमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा जुम्लीहरु आशावादी रहेकाे बताए।

क्रसकन्ट्री प्रतियोगितामा सार्कका सबै देशका खेलाडीहरु भाग लिन आउनेछन्। त्यसैले नेपालकाे सहभागिता गराउन जुम्लाबाट खेलाडी पठाइएकाे कर्णाली स्पाेर्ट क्लबले जनाएको छ।

नेपालकाे प्रतिनिधित्व गरी सहभागी हुन गएका चार खेलाडीले कुनै न केनै पदक हासिल गर्नेमा आफू विश्वस्त रहेकाे अन्तर्राष्ट्रिय धावक हरि राेकायाले बताए।

'खेलाडीहरु जुम्ला-काठमाण्डौ हुँदै भारतको नागल्याण्डमा जानेछन्,' उनले भने, 'बन्धना बुढा सिनियर र अन्य तिन जना जुनियर दौड प्रतियोगितामा भाग लिदैछन्।'

प्रतियोगितामा सहभागी हुन भारत जाने खेलाडीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ मा.वि.का प्रधानाध्यापक टंकबहादुर महतले दोसल्ला ओेढाई अविर लगाएर बिदाई गरे।

खेलाडीहरु काठमाडौं जाँदासम्म  क्लबकाे खर्चमा जाने र त्यसपछिकाे आर्थिक व्यवस्थापन भइसकेको सह-सचिव सुनारले बताए।

प्रकाशित मिति: : 2022-03-15 07:05:00

प्रतिकृया दिनुहोस्