आईपीएल : गुजरातको पहिलो हार

बिएल संवाददाता

नयाँ दिल्ली
Photo by Pankaj Nangia / Sportzpics for IPL
Photo by Pankaj Nangia / Sportzpics for IPL

सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ।

यता, हैदराबादको भने यो दोस्रो जित हो।

सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए। यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे।

गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो। 

उसका कप्तान हार्दिकले ५० रन बनाए।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए।

प्रकाशित मिति: : 2022-04-12 07:40:00

प्रतिकृया दिनुहोस्