मेयरकाे टिकट नपाएपछि जीवन गाैतमले छाडे माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

माओवादीले जनताकाे अपेक्षाअनुसार काम गर्न नसकेकाेले पार्टी परित्याग गरेकाे उनकाे भनाइ छ। उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए।

उनी २०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए। तत्काल कुनै पार्टीमा नगएर स्वतन्त्र बस्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-18 13:03:00

प्रतिकृया दिनुहोस्