बुधबार, २७ अगस्ट २०२५

जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड विमानस्थल प्रस्थान

News Image
• • •

पाेखरामा भएकाे यति एयरकाे विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमानस्थल प्रस्थान गरेका छन्।

दुर्घटना भएकाे खबर प्राप्त भएसँगै मन्त्री परिषद्काे आकस्मिक बैठक बसेर उद्दार गर्न निर्देशन दिएर काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ।

आइतबार बिहान साडे १० बजे काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे यति एयरकाे एटीआर– ७२ जहाज दुर्घटना भएकाे थियाे।

अहिले उद्दार कार्य जारी छ।

आइतबार, माघ ०१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)