के कफी र चिया स्वास्थका लागि उपर्युक्त हुन्छ?

File photo
File photo

बिहान सबेरै उठेर एक कप तातो कफीको चुस्की लिदा बेग्लै आनन्द आउँछ । मुड खराब भएर काम गर्ने जाँगर हराएको बेला केबल एक कप कफीले दिमागलाई ताजगी बनाइदिन्छ ।

अर्कोतर्फ अल्छी लागेको बेला एक कप चिया आफैमा पर्याप्त हुन्छ । सामान्यता कफी पिउनेले चिया पिउछन, अनि चिया पिउनेले कफी। चिया र कफीमध्ये कसले बढी फाईदा गर्छ भन्ने बारेमा लामो बहस हुँदै आएको छ । यी पेय पदार्थको आ–आफ्नै फाइदा छन्, जसबारे विज्ञहरुले अनुसन्धान गर्दै आएका छन् । कफीले कोलन क्यान्सरबाट बचाउने केही अध्ययनले देखाएका छन् ।

त्यस्तै, नियमित कफी पिउदा अल्जाईमर र पार्किन्सन रोगको जोखिमबाट जोगिन सक्ने बताइन्छ । अर्कोतर्फ नियमित चिया पिउँदा छाला, स्तन, र प्रोटेस्ट क्यान्सको सम्भावना न्यून हुने विज्ञहरको दाबी छ । चिया वा कफीमध्ये यही नै उपर्युक्त हुन्छ भन्न कठिनाई हुने विज्ञहरु बताउछन् । किनकी चिया र कफीमा पाइने तत्व र त्यसले हाम्रो शरिरमा पार्ने अशरबारे छुट्टाउन सकिदैन ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका चिकित्सक इलिओट मिलर भन्छन, ‘मेरो बिचारमा कफी र चिया दुबैले शरिरलाई उत्तिकै फाइदा गर्छ ।’ अमेरिकामा भएको एक अनुसन्धान अनुसार झन्डै ७५ प्रतिशतले कफी पिएका पिउछन भने ४० प्रतिशतले चिया। तर यहि कुरा नेपालमा अनुसन्धान गर्ने हो भने चिया पिउनेको सँख्या बढी पाइन्छ।

नियमित रुपमा थप एक कप चिया पिउदा मुटु रोगको खतरामा कमि हुने भनाई छ। चियाले दिमागका सेल सुक्नबाट जोगाउने भएकोले यसको नियमित सेवनले बृद्ध अवस्थामा हुने अल्जाईमर रोगबाट बचाउने विज्ञहरुको सुझाब छ।

प्रकाशित मिति: : 2022-05-01 13:58:00

प्रतिकृया दिनुहोस्