गठबन्धन हाेस् त जर्मनीकाे जस्ताे

शिलापत्र

जीवा लामिछाने

आइतबार जर्मनीमा एक सहकर्मीका छोराको धार्मिक संस्कारमा भाग लिइरहँदा नेपालमा स्थानीय चुनावको सरगर्मी बढिरहेको थियो । नामाङ्कन गर्ने पहिलो दिन १० हजार ५ सय ३३ जनाको उम्मेदवारी परेको खबरले मेरा आँखा धर्मसंस्कारमा भन्दा मोबाइलको स्क्रिनमा बढी केन्द्रित थिए ।

यसपटक 'अटेरी समूह' पनि स्थानीय चुनावमा ठूला दलसँगै स्वतन्त्र ढङ्गले मतदातालाई रिझाउन मैदानमा उत्रिइरहेका थिए । पोखरामा गनेस पौडेल, काठमाडौंमा बालेन शाहजस्ता गैरदलीय नाम अहिले चर्चामा आएका छन् । यस्तो उम्मेदवारी कत्तिको प्रभावशाली होला, थाहा छैन ।  तर, निर्वाचनमा युवाहरूको यो एउटा हस्तक्षेप भने पक्का हो । र, यो हस्तक्षेपले राजनीतिक दलहरूले उपेक्षा गरेको नीतिमूलक राजनीतिको क्षयीकरणप्रतिको विरक्तिपनलाई उजागर गरिरहेको छ ।

यस्ता गतिविधि र परिदृश्यहरू आफ्नो देशमा देखिइरहँदा हामी प्रवासी नेपालीहरूले आफू बसेको देश/ठाउँसँग नेपाली राजनीतिलाई तुलना गर्न थालिहाल्छौँ । चुनाव जित्नैका लागि गरिएका अनेक गठबन्धनका समाचारहरू पढ्दा जर्मनीमा पार्टीहरूको चुनावी गठबन्धनको उदाहरण याद आउने गर्छ । नेपालको यो स्थानीय चुनाव निकै महत्त्वको छ । यही चुनावले आगामी वर्ष हुने संसदीय निवार्चनलाई सशक्त रूपमा प्रभाव पार्नेछ । सोही कारण पनि यो चुनाव, नीति नमिल्ने पार्टीहरूबीच कार्यगत एकता र गठबन्धन निकै रोचक बन्न पुगेको छ ।

जर्मनीमा सन् १९४९ यता एकल पार्टीले सरकार बनाउने जनमत विरलै प्राप्त गरेको छ । तर पनि यहाँका सरकारहरू अस्थिर छैनन् । नेपालमा भने बहुमतप्राप्त सरकार पनि अस्थिर बन्दै ढल्ने गर्छन् । एकातिर बहुमतको सरकार अस्थिर भएको उदाहरण देखिरहेका हामी, जर्मनीमा भने गठबन्धन सरकार समय पूरा गरेर चुनावमा जाने गरेको हामीले आफ्नै आँखाले देखिरहेका छौँ । गठबन्धन सरकार अस्थिर हुन्छ भन्ने भ्रम जर्मनीले निवारण गर्ने गरेको छ । तर, नेपालका गठबन्धन र जर्मनीका पार्टीहरूबीच हुने गठबन्धनमा तात्त्विक फरक छ । 

प्रकाशित मिति: : 2022-05-03 18:31:00

प्रतिकृया दिनुहोस्