गौरादहकाे उपमेयरमा ३ जनाकाे बलियाे दाबेदारी, काे बन्ला विजयी ?

Breaknlinks
Breaknlinks

गौरादह नगरपालिकामा गत स्थानीय निर्वाचनमा एक्लै चुनाव लडेको माओवादी केन्द्र यसपटक गठबन्धनसहित चुनावी मैदानमा छ। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)बीच भएको गठबन्धनमा गौरादहमा उपमेयरसहित २ वडाध्यक्ष र १५ वटा सदस्य माओवादी केन्द्रको भागमा परेको छ।

गठबन्धनका दलहरुले चुनाव प्रचारप्रसार तीब्र रुपमा अगाडि बढाउदा गठबन्धनको समर्थनमा राम्रो जनलहर देखिएको छ।

स्थानीय निर्वाचनमा भोट माग्न घरदैलो कार्यक्रममा नेताहरू लागि रहदा कार्यकर्ता र समर्थकहरुको उपस्थिति सोचेभन्दा राम्रो देखिएको छ। 

गौरादह नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका पुष्प ढकाल, एमालेका तर्फबाट जलवर्षा राजवंशी र राप्रपाबाट भरिपूर्ण राई उपमेयरका उम्मेदवार बनेका छन्।

कार्यकर्ताहरुको सहभागीता र नगरवासीको सहानुभूति हेर्दा गौरादह नगरपालिकामा सबै तहमा गठबन्धनका उमेदवार विजय हुने अनुमान गर्न सकिन्छ। 

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरको उमेदवार बनेका पुष्प ढकाल यस स्थानीय निर्वाचनमा गठबन्धनबाट उपमेयरको उमेदवार बनेका छन्। 

झापाको दक्षिणी क्षेत्रमा जनतालाई  समस्या परेको समय र अफ्ट्यारो परिस्थितिमा जनसेवकको रुपमा चिरपरिचित नाम हो पुष्प ढकाल। 

जनप्रतिनिधि नहुँदा पनि निरन्तर जनताको सेवामा तल्लीन ढकाल यस पटक उपमेयरको उमेदवार बन्दा नगरवासी हर्षित छन्। गठबन्धनका उपमेयरका उमेदवार ढकाल यस स्थानीय निर्वाचनमा अन्य उमेदवारभन्दा बलियो उमेदवारका रुपमा नगरवासिले हेरेका छन्। 

जनताको सेवा गर्न पाउँदा सधैं खुसिरहने ढकाल यसपटक उपमेयरमा आफूलाई नगरबासीले विजय गराउनेमा विश्वस्त छन्। नगरबासीको अपेक्षा अनुसार ढकालले सेवा गरेकाले पार्टी भन्दापनि नाम र कामले भोट दिने मतदाताको भनाइ छ। 

मेयरमा रोहितकुमार शाह र उपमेयरमा आफूसहित गठबन्धनको टिमलाई विजय गराएर सेवा गर्ने अवसर नगरबासीले दिने ढकाल बताउँछन। आफूसहित गठबन्धनको दल निर्वाचित भएमा नगरबासीको इच्छा र चाहना पूरा गर्ने र गौरादहलाई समृद्ध नगर बनाउने ढकाल बताउँछन्।

गठबन्धनको टिमले भ्रष्टाचारको अन्त्य गर्दै विकासको मुल फुटाउने ढकालको भनाइ छ।

यस स्थानीय निर्वाचनमा एमाले आदिवासी महिला नेत्री जलवर्षा राजवंशीलाई उपमेयरको रुपमा अघि सारेको छ। 

राजवंशी यसअघि वडा नं.८ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनी वडा सदस्यमा निर्वाचित भएपछि नगर कार्यपालिका सदस्यको रुपमा जिम्मेवारी समालि सकेकी छन्। शैक्षिक योग्यतामा समेत अब्बल रहेकी राजवंशीले उपमेयर बन्ने अवसर पार्टीले दिएको छ। 

पार्टीका कार्यकर्ता र नगरवासीहरुको सहानुभूति रहेकाले स्थानीय निर्वाचनमा आफू विजय हुने राजवंशी बताउँछिन्। स्थानीयले आफूलाई उपमेयरमा निर्वाचित गराएमा नगरको विकास र जनताका काममा निरन्तर लागि रहने उनी बताउँछिन्।

गौरादह नगरपालिकामा स्थानीय निर्वाचनमा राप्रपाले जनजाती महिला भरिपूर्ण राईलाई उपमेयरको उमेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ।

पछिल्लो समयमा राप्रपाप्रति जनताको विश्वास बढ्दै गएकाले आफू विजयी हुने उनको दाबी छ। भ्रष्टाचार र नगरपालिकाको बेतिथिको विषयमा भदौरे भेल झै उर्लिएको राप्रपाप्रति जनताको विश्वास बढेको उनको भनाइ छ। 

आफूसहित आफ्नो पार्टीका उमेदवार विजय भएमा जनताको चाहनाअनुसार काम गर्ने र नगरको विकास गर्ने बताउँछिन्। स्थानीय निर्वाचन नजिकै आएकाले दलका नेता कार्यकर्ताहरुले प्रचारप्रसारलाई तिब्रता दिएपनि वैशाख ३० गते हुने निर्वाचनले निर्णय गर्ने छ।

अन्तिम निर्णय जनताका हातमा भएकाले को निर्वाचित हुन्छ त्यो अहिले नै भन्न नसकिएपनि वैशाख ३० गते पछि थाहा हुनेछ।

प्रकाशित मिति: : 2022-05-06 21:56:00

प्रतिकृया दिनुहोस्