राति सुत्नुअघि अभिषेक माग्छन् ऐश्वर्यासँग माफी !

FilmiBeat
FilmiBeat

बलिउडमा चर्चा कमाएको जोडी हो, ऐश्वर्या राय र अभिषेक बच्चन। 

दर्शक उनीहरुलाई एकसाथ देख्न चाहन्छन्। पार्टीलगायत कार्यक्रममा अक्सर एकसाथ देखिने यी जोडी एकअर्कामा निकै प्रेम साट्ने गर्छन्। 

केही समयअघि अभिषेकले एक अन्तर्वार्तामा आफ्नो वैवाहिक सम्बन्धको बारेमा खुलासा गरेका थिए। जसले सबैलाई चकित बनायो।

 दुबै जनाको उपस्थिती रहेको सो अन्तर्वार्तामा अभिषेकले हरेक रात सुत्नुअघि ऐश्वर्यासँग माफस् माग्ने गरेको बताएका थिए। 

उनका अनुसार आफू सुत्नका लागि माफी मागेको हो।

उनले भनेका थिए, ‘हामीले मिलेर झगडा गरेर नसुत्ने निर्णय लिएका थियौं। त्यहीकारण म हरेक दिन सुत्नु अघि अघिल्लो दिनको हरेक गल्तीका लागि ऐश्वर्यासँग माफी माग्थें। महिलाहरु त्यसै पनि आफ्नो गल्तीलाई स्वीकार्दैनन्। त्यसकारण म नै ऐश्वर्यासँग माफी माग्थें।’ 

प्रकाशित मिति: : 2022-05-07 21:30:00

प्रतिकृया दिनुहोस्