धेरै तिर्खा लाग्नु राेगकाे सङ्केत !

File photo
File photo

गर्मी माैसममा मुख सुख्खा हुनु तथा लगातार तिर्खा लाग्नु सामान्य कुरा हो। शरीरलाई पानीकाे जरूरत पर्दा तिर्खा लाग्ने गर्छ। जसलाई पिउँदा शरीरलाई डिहाइड्रेसनको समस्याबाट बचाउँछ।

तर मुख वा घाँटी बारम्बार सुख्खा हुनु र धेरै तिर्खा लागिरहनु कुनै ठूलो रोगको सङ्केत हुन सक्छ। पानी पिएर पनि धेरै तिर्खा लाग्छ र तिर्खा नियन्त्रण गर्न सकिएन भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

बारम्बार तिर्खा लाग्नु मधुमेह अर्थात् डायबिटिजको लक्षण पनि हुन्छ। तर जाँच गराएपछि शरीरमा सुगरको मात्रा ठिक भएपनि तिर्खा लागिरहेमा यो पेटसँग सम्बन्धित कुनै पनि गम्भीर समस्याको कारण भएको हुनसक्छ। बारम्बार तिर्खा लाग्नुको एउटा कारण कोलोन (आन्द्रा) क्यान्सर हुन सक्छ।

आन्द्राको क्यान्सर शरीरमा बिस्तारै बढ्छ। लामो समयपछि मात्र यसको लक्षण देखिन्छ। सुरुमा दुखाइ, थकान, भोक नलाग्ने, तौल घट्ने आदि सामान्य लक्षण देखिने हुनसक्छ।

यदि यो क्यान्सर शरीरको बाँकी भागमा फैलियो भने यसले हाइपरक्याल्सिमिया निम्त्याउँन सक्छ। यस्तो अवस्थामा हड्डीबाट क्याल्सियम रगतमा निस्कन्छ, जसका कारण बिरामीलाई धेरै तिर्खा लाग्छ।

यसबाहेक दिसामा रगत देखिने, दिसा गर्ने बानीमा परिवर्तन, पेटमा दुखाइ, छटपटि हुने, कब्जियत, दिसा गर्ने ठाउँमा मासु पलाएमा, पिसाबमा रगत देखिने, पटक पटक पिसाब आउने, पिसाबको रङ परिवर्तन हुनु पनि आन्द्राको क्यान्सरका लक्षण हुन्। 


 

प्रकाशित मिति: : 2022-05-08 13:36:00

प्रतिकृया दिनुहोस्