ल्वाङका फाइदाहरु

File photo
File photo

ल्वाङ धेरै गुण भएको मसला हो। यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ। ल्वाङले स्वास्थ्य पनि निकै  फाइदा पुग्छ। ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानै  राखै।

खोकी
लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस्। यसले खोकी निको गर्न मद्धत गर्दछ।

सास गनाउने
केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ। ल्वाङ चुस्दा मुख गनाउन छोड्छ।

रुघा
रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस्। बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ।

छाती पोलेको
छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुस्। ठीक हुन्छ।

जोर्नी दुखेको
जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस्। पीडा र पोलेको कम हुन्छ।

प्रकाशित मिति: : 2022-05-21 17:01:00

प्रतिकृया दिनुहोस्