धम्की आउनुअघि सलमान खानले भनेका थिए–‘एक जना मान्छे मेरो पछि लागेका छन्’ 

Siasat.com
Siasat.com

बलिउडका सुपरस्टार सलमान खान र पिता सलीम खानलाई धम्की आएको छ।

उनीहरुले धम्की लेखिएको चिठी भेटेका छन्। धम्की आएदेखि नै उनीहरुको सुरक्षा बढाइएको थियो। सलमान खान केही समयअघि अबू धाबीमा आयोजित आइफा–२०२२ मा गएका थिए। 

सोही समय उनले बताएका थिए–उनको पछाडि एक मान्छे छन्। 

सलमानले आइफा २०२२ मा के भनेका थिए?

आइफा २०२२ होस्ट गरिरहेका अभिनेता रितेश देशमुख र मनीष पोलले सोधे, ‘सलमानको पटाडि को छ?’ जसको जवाफमा सलमानले भनेका थिए, ‘मेरो पछाडि एउटा मान्छे छन्, जसको नाम हो, शाहरुख खान।’ 
 

प्रकाशित मिति: : 2022-06-07 13:05:00

प्रतिकृया दिनुहोस्