शिक्षण सिकाइः हेड, हार्ट र ह्यान्डको फ्युजन

राजधानी दैनिक

डा. देवीप्रसाद आचार्य

शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षा प्राप्त गर्न गुरुको कलात्मक शिक्षण तथा सिकाइ कलाको आवश्यकता पर्दछ । शिक्षण सिकाइ कला हो, सीप हो । कला एकै प्रकारको नहुन सक्छ ।

जसरी शिक्षण गर्ने गुरु र सिक्ने विद्यार्थी फरक फरक, क्षमता, दक्षता एवं प्रतिभाका हुन्छन्, त्यसैगरी शिक्षण सिकाइमा पनि एकरुपता हुँदैन । शिक्षण सिकाइलाई विभिन्न विद्वानका फरक फरक धारणा रहेको पाइन्छ ।

शिक्षाविद् थोर्नडाइकले सिकाइ गल्ती र प्रयत्नको संयोजनबाट हुन्छ, भनेका छन् । यसको अर्थ सिकाइ भूललाई सुधार्दै हुने प्रक्रिया हो, भन्ने हुन्छ । विद्वान् बान्दुराले सिकाइ पढाउने गुरुको कलामा भर पर्दछ भन्ने धारणा राखेको पाइन्छ । उनका अनुसार गुरुजन शिक्षण सिकाइका मोडेल हिरोहरू हुन् ।

प्रकाशित मिति: : 2022-06-09 11:12:00

प्रतिकृया दिनुहोस्