कांग्रेसकाे गठबन्धन प्रयास असफल, जिसस राेल्पामा माओवादीकाे एकल समिति

कांग्रेसको गठबन्धन प्रयासलाई लत्याउदै जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र)ले एकल समिति बनाएको छ।

प्रमुखसहित सबै सदस्य माओवादीलाई छोड्दै गठबन्धनको प्रयासका लागि कांग्रेसले उप–प्रमुखमा मात्रै उम्मेदवारी दिएपनि माओवादीले एकल समिति बनाएको हो।

गठबन्धनको प्रयास असफल भएपछि उप–प्रमुखमा मात्र निर्वाचन भएको थियो। निर्वाचनबाट (माओवादी केन्द्र)का कर्मलाल परियार १३ मतका साथ विजयी भए भने नेपाली कांग्रेसका टेकबहादुर बस्नेतले ५ मत मात्र पाएका छन्।

१० स्थानीय तहका प्रमुख र उप–प्रमुख मध्ये १९ मत खसेकोमा एक मत बदर भएको थियो। नेकपा (एमाले)बाट निर्वाचित त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा भने मतदानमा सहभागी भएनन्।

प्रमुख सीता आचार्य तथा सदस्यहरुमा सुरज माइला, केवल घर्ती, मीना सुनार, जितकुमारी विक, निलम सुनार, शेरबहादुर पुन र सर्मिला पुनमगर भने यस अघि नै निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-06-12 18:27:00

प्रतिकृया दिनुहोस्