स्वतन्त्र उम्मेदवारी फेसन मात्रै कि अर्थपूर्ण ?

राजधानी दैनिक

सागर पण्डित

स्थानीय तहको दोस्रो निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले काम गर्न थालेसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था थप सृदृढ र संस्थागत भएको छ । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले जनताको भावना बुझेर काम गर्न सकेको खण्डमा संघीय शासन प्रणाली अझै सशक्त र प्रभावकारी भएर अघि बढ्छ । त्यसैले पनि जनप्रतिनिधिले सबै खाले लोभ र लालच त्यागेर काम गर्नुपर्छ ।

स्थानीय तहमा काठमाडांै, धरान र धनगढीलगायतका केही स्थानको मेयरमा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेपछि त्यसलाई विभिन्न अर्थमा हेर्न थालिएको छ । विशेषगरी राजनीतिक दल र तिनका नेतामा देखिएको विकृति, विसंगति र भ्रष्ट प्रवृत्तिका कारण स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाले जितेको अर्थमा हेरिएको छ । तर, समग्र राजनीतिलाई त्यो रूपमा हेरिनु गलत हो । केही स्थानमा स्वतन्त्रले जितेको भए पनि देशभरका अधिकांश स्थानमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नै निर्वाचन जितेका छन् ।

प्रकाशित मिति: : 2022-06-17 12:10:00

प्रतिकृया दिनुहोस्