मोरङमा बहिनीले गरिन आफ्नै दिदीमाथि खुकुरी प्रहार 

मोरङको पथरीशनिश्चरेमा बिहीबार राति बहिनीले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेकी छन्। २९ वर्षीया सुमित्रा राईले खुकुरी प्रहार गरेर ४० वर्षीया दिदी लक्ष्मी राईलाई गम्भीर घाइते बनाएकी हुन्।

घाँटीमा खुकुरी प्रहार गरेपछि गम्भीर घाइते भएकी लक्ष्मीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

सामान्य घरयासी विवादका कारण राति ९ बजेतिर सुमित्राले दिदीलाई खुकुरी हानी घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए।

वृद्ध अवस्थाका बाबु र आमाको स्याहार गरेर दिदी–बहिनी दुवै जना पथरीशनिश्चरे नगरपालिका–१ पानीट्यांकीस्थित माइती घरमा बस्दै आएका थिए। घटनामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ परेकी सुमित्राविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीले जनाएको छ।   

उनीहरुको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या परेको बताइएको छ। डिएसपी गौतामका अनुसार परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ। खर्च अभावका कारण उपचारका लागि रकम खोजेर जुटाउनुपर्ने अवस्था रहेछ ।

प्रकाशित मिति: : 2022-06-19 10:32:00

प्रतिकृया दिनुहोस्