महेश नेपाली
असार १२ गते तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र त्यही गाउँकी किशाेरीले भागेर बिहे गरेका थिए। अन्तरजातीय विवाह गरेकाे झाेकमा केटीका दाइले दलित केटाकाे घरका आगाे लगाइदिएका छन्।
१६ गते साँझ काठमाडौंबाट गिडीखाेला पुगी मुकुन्द्रकाे घरमा आगाे लगाउने बसन्तीका दाइ हिक्मत गिरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ।
आगाे लगाउने हिक्मत गिरी, उनका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध मुद्दा दर्ता गरेकाे मुकेन्द्रका महिला दाइ भरत नेपालीले बताए।
'मैले हिक्मत, उनका बुबा र काकाकाे विरुद्धमा नाममा जाहेरी दर्ता गराएकाे छु,' उनले भने, 'याे एक जनाकाे आँटले मात्रै गरेकाे घटना नभइ सुनियोजित भएकाे हुँदा तीन जनाकाे विरुद्धमा मुद्दा दर्ता गरेकाे हुँ।'
जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएउनले हिक्मत गिरीसहित उनका बुबा र काका विरुद्ध मुलुकी अपराध संहिता २०७४ काे दफा २८५ काे उपदफा ३(घ) र उपदफा ४ बमोजिमकाे तथा मुलुकी अपराध संहिता २०७४ काे दफा १६६ काे उपदफा १ र उपदफा २(१) बमोजिमकाे सजायकाे माग गरि मुद्दा दर्ता गरिएकाे छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया