महेश नेपाली
असार १२ गते तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र त्यही गाउँकी किशाेरीले भागेर बिहे गरेका थिए। अन्तरजातीय विवाह गरेकाे झाेकमा केटीका दाइले दलित केटाकाे घरका आगाे लगाइदिएका छन्।
१६ गते साँझ काठमाडौंबाट गिडीखाेला पुगी मुकुन्द्रकाे घरमा आगाे लगाउने बसन्तीका दाइ हिक्मत गिरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ।
आगाे लगाउने हिक्मत गिरी, उनका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध मुद्दा दर्ता गरेकाे मुकेन्द्रका महिला दाइ भरत नेपालीले बताए।
'मैले हिक्मत, उनका बुबा र काकाकाे विरुद्धमा नाममा जाहेरी दर्ता गराएकाे छु,' उनले भने, 'याे एक जनाकाे आँटले मात्रै गरेकाे घटना नभइ सुनियोजित भएकाे हुँदा तीन जनाकाे विरुद्धमा मुद्दा दर्ता गरेकाे हुँ।'
जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएउनले हिक्मत गिरीसहित उनका बुबा र काका विरुद्ध मुलुकी अपराध संहिता २०७४ काे दफा २८५ काे उपदफा ३(घ) र उपदफा ४ बमोजिमकाे तथा मुलुकी अपराध संहिता २०७४ काे दफा १६६ काे उपदफा १ र उपदफा २(१) बमोजिमकाे सजायकाे माग गरि मुद्दा दर्ता गरिएकाे छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया