प्रधानमन्त्री जोनसनकाे दाबी : पुटिन महिला भए युक्रेनमा युद्ध हुँदैन थियो

Photo - REUTERS
Photo - REUTERS

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भए युक्रेनमा युद्ध नहुने दाबी गरेका छन्। 

 जेडीएफ टेलिभिजनमा मंगलबार इन्टरव्यू दिँदै उनले रुसी राष्ट्रपति महिला हुनुपर्ने बताएका थिए। 

'यदि पुटिन एउटी महिला हुनुहुन्थ्यो भने अहिले यस्तो पागल र आक्रामक शैलीमा युक्रेनमा हिंशा र युद्ध हुँदैन थियो' उनले भने।

'देशको उच्च तहमा पनि महिला प्रतिनिधित्व' को लागि आह्वान गर्दै युक्रेनमा पुटिनको आक्रमण 'विषाक्त पुरुषत्वको एउटा उत्कृष्ट उदाहरण' रहेको उनले बताए।

जोनसनले जनभावना मध्यनजर गर्दै भने, 'सबैले यो युद्ध अन्त्य होस् भन्ने चाहन्छन् तर अहिलेको तत्कालीन अवस्थामा कुनै पनि सम्झौताको विकल्प हामीसँग छैन। पुटिनले कुनै किसिमको शान्ति प्रस्ताव पेश गरेको छैन।' 

मस्कोसँग शान्ति वार्ता सम्भव भए युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा पुर्याउनका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्ने जोनसनकाे भनाई छ। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: : 2022-06-29 15:01:00

प्रतिकृया दिनुहोस्