सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

राजधानी दैनिक

ईश्वर तामाङ

शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।

सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो ।

प्रकाशित मिति: : 2022-07-03 15:36:00

प्रतिकृया दिनुहोस्