करणको कफी पिउन चाहँदैनन् यी स्टार

करण जोहार पछिल्ला दिनमा आफ्नो च्याट शो ‘कफी विद करण’लाई लिएर चर्चामा छन्।करणको यो शो आजबाट प्रिमियर हुँदैछ।  

करणको यो शो विवादको विषय बनिरहन्छ।तर केही कलाकार छन्, जो करणको कफी खान अस्वीकार गरिरहेका छन्।यो सूचीमा बलिउडदेखि साउथसम्मका कलाकार छन्। 

यसमा पहिलो नम्बरमा जूनियर एनटीआर पर्छन्। उनलाई हालैमात्र करणले शोका लागि निम्तो दिए पनि उनले त्यो निम्तोलाई अस्वीकार गरेका थिए। 

करणले केही दिनअघि आफ्नो शोमा अर्का साउथ स्टार रामचरण आउने घोषणा गरेका थिए।तर रामचरणले करणको भनाइलाई असत्य साबित गर्दै उनले शोमा आफू नजाने बताए। 

बलिउड अभिनेता रणवीर कपुरले पनि करणको शोमा जान अस्वीकार गरेका छन्। उनले निजी कारण देखाउँदै उनको शोमा नजाने निर्णय लिएका हुन्। 

‘केजीएफ २’का यश पनि करणको शोमा जान चाहँदैनन्। भलै करणले आफ्नो शोमा यश आउने दाबी गरे पनि उनको दाबीलाई यशले अस्वीकार गरेका छन्। 

साउथ स्टार प्रभास करण शोमा यसअघि देखिइसकेका छन्। तर अब भने उनी करणको कफी सोचमा छन्। त्यहीकारण उनले करणको प्रस्तावलाई अस्वीकार गरेका छन्। 

बलिउड अभिनेत्री कंगना रनावतले करणको शोका विषयमा हालै एक पोस्ट गरिन्। उनले करणको शोको तारिफ गरे पनि उनी भने त्यो शोमा उपस्थित हुन चाहँदिनन्। 

 

 

प्रकाशित मिति: : 2022-07-08 13:40:00

प्रतिकृया दिनुहोस्