जर्मनीको ‘एउटा मौन’ उपत्यकामा रूसी धनाढ्यहरूको रजाइँ

बिएल संवाददाता

दक्षिण–म्युनिख
The New York Times
The New York Times

चारैतिर हिउँले ढाकिएको दक्षिण–म्युनिखको पहाडीक्षेत्र असाध्यै सुन्दर छ।

उपत्यकाभित्र मनै लोभ्याउने कैयौँ मानव–वस्ती छन्। घरै–घरको छेउमा टेगर्नसी ताल दशकौँदेखि धनाढ्यहरूका लागि मनोरञ्जनस्थल बनेको छ।

हजारौँ पर्यटकहरू स्वच्छ, स्नीग्ध देखिने तालको कञ्चन नीलो पानीसँग रमाउन दिनदिनै त्यहाँ पुग्छन्। उपत्यकामा बाभेरियन शाही परिवार, रूसी जार, नाजी र पप संगीतका स्टारहरू पनि विलासी रिसोर्ट बनाएर बस्थे।

पहाडमुनिको फराकिलो गाउँमा धनाढ्यसँगै अपराध कर्मका नाइकेहरू पनि लुकिछिपी बस्छन्। दुई दशकयता उपत्यकामा रूसी अरबपतिहरूको मनपर्ने गन्तव्य बनेको छ।

जर्मन अपराध उपन्यासका लेखक मार्टिन काल्सो भन्छन्, ‘उपत्यका धनीहरूका लागि मात्र होइन, अपराधीहरूका लागि पनि लुक्ने ठाउँ भएको छ। ती पात्रलाई मजाले बस्न दिएका छौँ किनभने उनीहरू हाम्रो समृद्धिको स्रोत हुन्। वास्तवमा उनीहरू र जर्मनीबीच मौन सम्झौताजस्तै छ।’

युक्रेनमा रूसी आक्रमणपछि अर्बपतिहरूमाथि लगाइएको प्रतिबन्धले टेगर्नसी तालको स्थिर पानीमा हलचल मच्चाएको छ। दक्षिण–म्युनिखको रोटाच–एगर्नस्थित ग्रीन पार्टीका नेता थोमस टोमास्चेकले ‘धनीहरूको सहयोगमा पैसा कमाउन सकिन्छ कि सकिँदैन’ भनेर मन्थन गरिरहेका छन्।

कैयौँ रूसी धनाढ्यहरूले तालको किनारमा विलासी घर बनाएका छन्। नेता टोमास्चेकले रूसी अर्बपतिहरूको सम्पत्ति जफत वा रोक्का गर्न केन्द्र सरकारसँग माग गरेका छन्। 

जर्मनी नेताहरूको निशाना विशेषगरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट पात्र तथा उद्योगपति अलिशेर उस्मानोभ छन्। तालको किनारमा उनका तीनवटा बंगला छन्। धातुसँग सम्बन्धित दर्जनौँ कम्पनी पनि छन्।

रमणीय टेगर्नसी क्षेत्र सबैभन्दा पहिला जर्मन राज्य बवेरियाका राजा मेक्समिलन जोसेफ मनोरञ्जनस्थल बनेको थियो। उनले सन् १८३७ मा रूसी सम्राट जार निकोलस प्रथमलाई यसक्षेत्रमा निम्तो दिएका थिए।

कुनै समय तानाशाह हिटलरका पाहुनाहरूलाई पनि टेगर्नसी ताल वरिपरि राखिएको थियो। ग्रीन पार्टीका एक पदाधिकारीले बताएअनुसार हिटलरको खुफिया एजेन्सी एसएसका अधिकारी कार्ल वोल्फको मनपर्ने स्थान मानिन्थ्यो। 

नाजी धनाढ्य बसेको त्यो बंगला अहिले पुटिननिकट उद्योगपति उस्मानोभको घर हो। सन् २००० को दशकमा पाँचतारे होटल खुलेपछि दक्षिण–म्युनिख आउने अर्बपतिको संख्या बढेको छ।

प्रकाशित मिति: : 2022-08-15 18:00:00

प्रतिकृया दिनुहोस्