बाघ संरक्षण : अवसर, चुनौती र रेन्जरको भूमिका

राजधानी दैनिक

डा. विश्वनाथ ओली/ माधव खड्का

विश्वमा प्रत्येक वर्ष २९ जुलाईको दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । नेपालमा पनि गत श्रावण १३ गते तदनुसार २९ जुलाईको दिन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा यस दिवस भव्यताका साथ मनाइएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनले घोषणा गरेबमोजिम यो दिवस मनाउन सुरु गरिएको हो ।

यसको मुख्य उद्देश्य विश्वमा बाघको संख्या न्यून भई संकटापन्न अवस्थामा पुगेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नुका साथै बाघको वासस्थान विस्तार र संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य र महत्वपूर्ण रहेको सन्देश दिनुरहेको छ । यस सम्मेलनमा बाघ पाइने मुलुकले सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरेका थिए ।

विश्वभरका रेन्जरले प्रकृति र जैविक विविधता संरक्षणमा पु¥याएको योगदानलाई स्मरण गर्नुका साथै संरक्षण सम्बन्धमा प्रचारप्रसार र चेतना अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय रेन्जर महासंघको पहलमा सन् २००७ देखि प्रत्येक वर्ष ३१ जुलाईमा अन्तर्राष्ट्रिय रेन्जर दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने सन् २०१८ बाट यस दिवस विविध कार्यक्रमका साथ मनाउन थालिएको छ । ३१ जुलाईका दिन नेपालमा यो दिवस प्रचारप्रसारसहितका कार्यक्रम गरी मनाइँदै छ ।

प्रकाशित मिति: : 2022-07-31 17:51:00

प्रतिकृया दिनुहोस्