ललितकलामा जीवन श्रृङ्गार्छन् सुरज (भिडियाे)

मदन नेपाली

काठमाडौं

काठमाडौँकाे कीर्तिपुरस्थित ललितकला क्याम्पसले कहियौँ कलाप्रेमीहरूकाे जीवनलाई सार्थक बनाइरहेकाे छ। यहाँ आएर देश तथा विदेशका धेरै मानिसहरूले जीवनमा साैन्दर्यता भर्ने काम गरिरहेका छन्। त्यस्तै मध्येका एक हुन्, नुवाकाेटका सुरज श्रेष्ठ।

सुरजले ललितकलामा अध्ययन गर्दै आएका छन्। नुवाकोटको स्वच्छ वातावरणमा जन्मिएका भएर हाेला उनी कलाकारितालाई उच्च सम्मान गर्छन्। सुरजले न्युमिडियाअन्तर्गत तीन वटा छुट्टाछुट्टै कला देखाएका छन्। यी तीनै कलाले एउटै निष्कर्ष दिने सुरज बताउँछन्।

ललितकला क्यामपसले बर्षेनि कला क्षेत्रका विधार्थीलाई वार्षिक परीक्षा लिँदै आएको छ। परीक्षामा लेखित र प्रयाेगात्मक गरेर अध्ययनरत विद्यार्थीकाे क्षमता हेरी उत्तीर्ण गर्दै आएकाे क्याम्पसमा शिक्षण गर्दै आएका काैसल हमाल बताउँछन्।

सुरज कलाकारिताकाे क्षेत्रबाट राज्यलाई नेपाली युवाहरू विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न चेतावीसमेत दिएका छन्। ‘हाम्रो राज्यले हामीलाई, त विदेश जा...तँ कुल्ली काम नै गर, तँलाई हाम्रो राज्यले यही दिएको हो भन्ने धारणा राख्छ,’ सुरजले भने।

भिडियाे:

प्रकाशित मिति: : 2022-08-06 13:37:00

प्रतिकृया दिनुहोस्