साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियाे नेपाल

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत भारतसँगकाे खेलमा नेपाल पराजित भएकाे छ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार भएकाे खेलमा नेपाल साविक विजेता भारतसँग २-० ले पराजित भएकाे हाे। याे सँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ।

भारतको जितमा ६१औं मिनेटमा सुनिल क्षेत्री र ७०औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे। यस जितसँगै समूह 'ए' बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ।

पहिलाे खेलमा पनि पराजित भएकाे नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति: : 2023-06-24 22:17:00

प्रतिकृया दिनुहोस्