बञ्चरेडाँडामा फोहोर बोकेर गएका दर्जनभन्दा बढी गाडीमाथि तोडफोड

File Photo
File Photo

काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गएका गाडीहरू तोडफोड भएको छ।

सिसडाेल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार सोमबार राति रोकेर राखिएका गाडीहरूमाथि अज्ञात समूहले तोडफोड गरेको हाे।

तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको प्रहरीलाई जनाएकाे छ।

प्रकाशित मिति: : 2022-08-09 12:38:00

प्रतिकृया दिनुहोस्