१३ औं साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपः नेपालले बराबरी खेले मात्रै पनि फाइनल पुग्ने, बंगलादेशलाई जित्नै पर्ने दबाब

File Photo
File Photo

पहिलो पटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल अहिले पौने ५ बजे बंगलादेशसँग भिड्दै छ। सन् १९९३ बाट सुरु भएकाे साफ च्याम्पियनसिपको १३ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक नेपाल फाइनल पुग्ने दाउमा रहेकाे छ। 

बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ। साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हुनेछ।बंगलादेशले भने जित्नै पर्ने दबाव छ।

च्याम्पियनसिपमा उत्कृष्ट सुरूआत गरेको नेपालले २ खेलबाट शतप्रतिसत नतिजा निकाल्दै ६ अंक बुटुलेकाे थियाे। तर, नेपालको अपराजित यात्रा आइतबार राति माले रंगशालामा भारतलाई ०–१ ले गाेलले सुम्पिएपछि पूर्णविराम लागेको थियो।

आइतबार साँझ नेपाली समर्थकहरुले राष्ट्रिय टोलीलाई हुटिङ गर्दै साथ दिइरहेको ८२ मिनटमा स्तब्ध बनायो। भारतीय स्ट्राइकर सुनिला थापाले उत्कृष्ट गोल गर्दै रंङगशाला चकमन्न भएको थियो।

खेलको सुरुदेदखि आक्रमक शैलीमा उत्रेको भारतीय टोलिलाई ८२ औँ मिनेटसम्म नेपालले रोकेको थियो। प्रशिक्षकको रणनिति अनुसार नेपालले रक्षात्मक खेलेको भन्दै कडा आलोचना खेप्न पर्‍यो।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पत्रकार सम्मेलनमा हार स्वीकार गर्दै खेलाडीलाई दोष नदिन आग्रह गरेका थिए। 'मेरो रणनीति असफल भएको हो। खेलाडीहरुले कडा प्रतिस्पर्धा गरेको हो,’ भन्दै माफी समेत मागेका थिए।

अधिकांश समय बल भारतीय खेलाडीको नियन्त्रणमा थियो। नेपाली खेलाडीहरु रक्षात्मक खेलिरहेको मैदानमा प्रस्ट देखिन्थ्यो।

मंगलबारको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरि उपस्थित थिएनन्।

सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ आएका थिए। सहायक प्रशिक्षक किरण श्रेष्ठले खेलको रणनीति बताउने जिम्मा मुख्य प्रशिक्षकको भएको बताए भने किरणले बंगलादेशविरुद्ध जित्नै खेल्ने बताएका थिए। 

त्यस्तै, बंगलादेशका मुख्य प्रशिक्षक ओस्कार ब्रुनोज र कप्तान जमल भुया उपस्थित थिए। बंगलादेशका स्पेनी प्रशिक्षकले सटिक बंगलादेश नभए नेपाल दबाबमा हुने बताएका थिए।

नेपाल फाइन पुग्न जित या बराबरी भए पुग्ने भएकोले कसरी खेल्ने भन्ने द्विविधामा छन। तर, बंगलादेशलाई भने जित्नै पर्ने दबाव भएकोले सुरुदेखि आक्रमक भएर खेल्ने समेत बताए।

उनले भने,‘मेरो हिसाबमा सबै दबाब नेपाली टिममै हुनेछ किनभने नेपाललाई कसरी खेल्ने हो, त्यसमा दुविधा हुन सक्छ। नेपाललाई फाइनल पुग्न जित भए पनि हुन्छ, बराबरी भए पनि हुन्छ, त्यसैले टिमले कसरी खेल्ने हो, त्यसमा अन्योलता हुनेछ। तर हामी स्पष्ट छौं, त्यसैले हामी सुरुदेखि आक्रामक भएर खेल्नेछौं।’

आइतबार नेपाली टोलीले अन्तिम ८ औँ मिनेट रोक्न नसक्दाँ हार बेहोरेको थियो। फाइनल पुग्न आज नेपालले बरावरी या जित्नै पर्ने दबाव भएकोले 'गर या मर'को स्थितीमा खेल्न पर्नेछ। आइतबार अन्तिम समयमा आएर निराश बनेको नेपाली टोलीले आज बंगलादेशलाई जितेर पहिलो पटक १३औं संस्करण आइपुग्दाँ पहिलो पटक नेपाल फाइनल पुगेर र नेपाली दर्शकको मन जित्ने ढुक्कमा छ। यो नतिजा कुर्न अब हामीले केही सयम कुर्नु पर्नेछ।

प्रकाशित मिति: : 2021-10-13 16:24:00

प्रतिकृया दिनुहोस्