वामदेव गौतम पनि माओवादीको चुनाव चिन्हबाट लड्ने

File Photo
File Photo

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने भएका छन्।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले गौतमलाई आगामी निर्वाचनमा चुनाव चिन्ह ‘हँसिया हथौडा’ प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

गौतमको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको प्रवक्ता महराले बताए।

यसअघि नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिन्ह लिएर चुनाव लड्ने सहमति भइसकेको छ।

‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिन्हबाट आगामी संसदीय चुनावमा लड्ने विचार व्यक्त गर्नुभयो,’ महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍याैँ।’

प्रकाशित मिति: : 2022-08-16 11:21:00

प्रतिकृया दिनुहोस्