अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
दिलिप कुवँर
पाँच सय वर्ष पहिले इटालीका चित्रकार लियोनार्दो दा भिन्चीले एउटा यस्तो पेन्टिङ बनाए, जो आज पनि रहस्मयी बनेको छ। विश्वमा छरिएर रहेका प्राय: सबै मानिसलाई थाहा भएकै विषय हो, मोनालिसाको पेन्टिङ भिन्चीले बनाएका हुन्। तर, धैरै मानिसलाई यो थाहा छैन कि पेन्टिङमा मुस्कुराएकी मोनालिसा को थिइन् ? विश्वविद्यालयका विभिन्न अध्ययनबाट मोनालिसा एक इटालियन महिला भएको पाइन्छ भने केही चित्रकारहरुको तर्क अनुसार मोनालिसा भिन्ची कै काल्पनिक पात्र थिइन।
मोनालिसा– एउटा यस्तो पेन्टिङ थियो, जसलाई पर्खेर प्रसिद्ध कलाकारले समेत सुसाइड गरे। प्रसिद्ध फ्रेन्च कलाकार लुक मास्पेरोले पनि मोनालिसाको सुन्दरता र रहस्यमयी मुस्कानको लागि सुसाइड नोट छाडेर गए। जो आफैमा एउटा काल्पनिक सपना जस्तो लाग्दछ।
मोनालिसाको मुस्कानमा एउटा यस्तो जादुमय रहस्य र विशेषता थियो, जो फरकफरक कोणबाट हेर्दा फरक-फरक मुस्कानकोे प्रत्याभुति हुन्छ।
झ्वाँट्ट मोनालिसाको चित्र हेर्दा मुस्कुराएकी देखिन्छ। अलिक विस्तारै गम्भीर मुद्रामा हेर्दै जाँदा मुस्कान कतै हराएर उदास बनेकी जस्तो देखिन्छ। जुन चित्रकलामा अद्भुत लाग्छ। यस्तो पनि अनुमान लगाउन सकिन्छ कि भिन्चीले मोनालिसाको पेन्टिङमा आफ्ना व्यक्तिगत दु:खहरु लुकाए। हार्वर्ड युनिभर्सीटीका न्युरो बैज्ञानिक डा. माग्रेटले यतिसम्म भन्न भ्याए–मोनालिसाको मुस्कान कहिल्यै परिवर्तन हुँदैन। हुन्छ त केवल मानिसको कल्पनाशीलता। अर्थात हामी जस्तो सोचेर मोनालिसालाई हेर्छौ, त्यस्तै देख्छौ।
मोनालिसाको पेन्टिङ तयार गर्न भिन्चीलाई १४ वर्षभन्दा बढि समय लाग्यो। त्यस समय उनले सबैभन्दा बढी मोनालिसाको ओठ बनाउनमा १२ वर्ष बिताए। पेरिसको एउटा ठूलो म्युजियमबाट मोनालिसाको पेन्टिङ चोरी नभएको पनि हैन। जसको आरोप अर्का प्रसिद्ध चित्रकार पाब्लो पिकासोलालाई लागेको थियो। तरपछि विभिन्न अध्ययन र अनुसन्धानबाट उनी माथिको आरोप हटाइयो। मोनालिसा जस्तै देखिने अर्को एउटा पेन्टिङ पनि छ, जसलाई भिन्चीकै विद्यार्थी फ्रान्ससेस्को मेल्जीले बनाएका हुन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया