रोल्पा पुगेर रायमाझीले भनेः माओवादी ओरालो लागेको पार्टी हो

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेकाे नेकपा (माओवादी केन्द्र) ओरालो लागेको पार्टी भएको बताएका छन्।

प्रेस चौतारी रोल्पाले बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेण्डा भएको पार्टी एमाले मात्र भएको बताएका छन्।

‘विकास र समृद्धिको एजेण्डा एमालेसँग मात्र छ,’ उनले भने, ‘एमाले विकासको पक्षमा छ भने अरू विनासको पक्षमा छन्।’

माओवादी केन्द्र तर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन्।’

विगतको माओवादी युद्धमा पार्टीभित्रको विद्रोहले रोल्पामा पार्टीलाई ठूलो क्षति पुर्‍याएको स्मरण गर्दै नेता रायमाझीले फेरिपनि रोल्पामा माओवादी पार्टीभित्रबाटै विद्रोहको संकेत देखा परेको बताएका छन्।

‘अरूको धेरै के कुरा गर्नु,’ रायमाझीले भने, ‘तपाईहरूले थाहा पाइहाल्नुहुन्छ एमाले भनेको तेस्रो शक्तीबाट पहिलो बनेको पार्टी हो, अरू भनेका पहिलोबाट अन्तिम तर्फ पुग्दैछन्।’

पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा आएका नेता रायमाझीले एमालेबाट अन्य पार्टीमा कोहिपनि नगएको तर माओवादी र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन्।

प्रकाशित मिति: : 2022-08-17 16:23:00

प्रतिकृया दिनुहोस्

    तपाइको कुरामा मलाइ पनि लाज र घिन लागन थालेको छ मननिय ज्यु तपाईं एमालेलाइ अगाडि प्रचारको रुपमा लैजाँदै मात्र हुनुहुन्छ । किनकी सच्चा देश भक्तले पातिमा बिरोध प्रतिबिरोध गर्दैन किनको जो आफनो देश र आफ्नो थाउ बनाउन चाहन्चा हो त्यो बेक्तिले कहिले अरुको आलोचनामा बोल्दैन । तपाइमा रहेरो त्यो सोच तेस्रो पाती बाट पहिलो बनाउने रोल्पालिको पनि तपस्या र बलिदान छ । तपाइ एमालेको सिद्धांत तपाइमा थाहा रहेनछ । एकचोती राम्रो सङ्ग अध्यन गर्नुस अनि ओरालो का कुरा हाराउनेका कुरा आलोचना गर्न अलि कम हुन्छकी रोल्पामा गयर तपाइले खाल्दो हरु भर्नको लागि अवाज उथाउनु परथ्यो यातायात का कुरा वद्युत का किरा शिक्षा का कुरा स्वास्थ का कुरा कसरी लैजाने हो त्यो आवाज उथाउन पर्थ्यो सर तपाइको यो कुरा छनी गाउका तपाइका पछि लाग्ने झोले हरुले मात्र सुन्नु बहेक कोहिले सुन्दैनन मैलेनी मन्दैन यो तपाइको कुरा

    • एक बर्ष अगाडि
    • Keshab gharti magara