सर्वसाधारणको रकम डुबाएर भाग्ने सहकारीलाई के कारबाही हुन्छ ?

उमेश थापा

काठमाडौं

सहकारीलाई देश विकासको एउटा खम्बाको रुपमा पनि चिनिन्छ। तर पछिल्लो समय सहकारी सञ्चालकहरू संस्थालाई डुबाएर भागिरहेका छन्।

सहकारीमाथि विश्वास गरेर नागरिकले आफूले खाइनखाइ जीवनभर कमाएको पैसा सहकारीमा जम्मा गरेका हुन्छन्। तर ती नै सहकारीहरुले खाइनखाइ जम्मा गरेकाे पैसा लिएर भाग्दा बचतकर्ताहरुको आज बिजोग भएको छ।

पछिल्लो समय सहकारीहरु डुब्नुको मुख्य कारण सहकारीहरुले आफूसँग भएको सम्पूर्ण पुँजी नाफको दाउमा घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाे तर आज ती वस्तुहरुको मूल्य निकै घटिरहेको पाइन्छ।

अहिले सेयरको मूल्य घटिरहेको छ भने घरजग्गा खरिद बिक्रीमा मन्दी आएको छ। सहकारीहरुले नाफको लोभमा भएको सम्पूर्ण पुँजी यस्तै वस्तुहरुमा लगानी गर्दा आज यिनीहरुको भगाभाग भएको छ भने सहकारीमा बचत गर्ने बचतकर्ताहरुको बिल्लीबाठ भएको छ।

प्रत्येक दिन ५ वटा सहकारी सञ्चालकहरु भागिरहेकाे सुनिन्छन्। सहकारीहरुले यसरी नागरिककाे पैसा डुबाइरहँदा सरकारी तबरबाट कुनै पनि पहल भएकाे देखिँदैन। सहकारीहरुले आफ्नाे पैसा डुबाइ दिँदा सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफूहरूकाे पैसा जोगाउन केही प्रयास नगरेको बचतकर्ताहरू गुनासाे गर्छन्।

सहकारीहरुले नागरिकसँग भएको सम्पूर्ण पैसा त उठायाे तर त्याे पैसा कहाँ के गर्छ भन्ने कुरा अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन।पछिल्लो समय नेपालका धेरै सहकारीहरु जटिल अवस्थाबाट गुज्रिरहेका छन्। यी सहकारीहरुलाई पनि भाग्नु कि बस्नु भइरहेको छ।

यी १२ वटा सहकारीहरु, जाे डुब्ने अवस्थामा पुगेका देखिन्छन्। यसअन्तर्गत स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्टको अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड, कन्जुमर सेभिङ् एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, कुवेर बचत तथा ऋण सहकारी सैस्था लिमिटेड डुब्ने अवस्थामा पुगेकाे देखिन्छ।

चार्टर्ड सेभिङ् एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड, कोरोना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज अपरेटिभ लिमिटेड ललितपुर, स्ट्याण्डर्ड मल्टिपर्पोजको अपरेटिभ लिमिटेड जावलाखेल, प्रभुको अपरेटिभ जस्ता सहकारी संस्थाहरु पछिल्लो समय समस्याबाट गुज्रिरहेकाे देखिन्छ। साथै यी सहकारीहरुलाई नियमित नै सहकारी विभागले सम्पर्क गरिरहेको पनि छ।

प्रकाशित मिति: : 2022-08-19 15:40:00

प्रतिकृया दिनुहोस्