आफ्नो क्षेत्रलाई अघि बढाउन आफ्नै क्षेत्रमा परिश्रम गर्नुपर्छः अध्यक्ष बुढा (भिडियोसहित)

मदन नेपाली

काठमाडौं
Breaknlinks
Breaknlinks

जुम्ला गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले काठमाडौँमा रही अध्ययान गर्दै आएका विद्यार्थीको समस्या पहिचान तथा परामर्श कार्यक्रम सञ्चालन गरेका छन्।  

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित उक्त कार्यक्रममा बुढाले विद्यार्थीहरुको समस्या पहिचान गर्दै आफ्नै क्षेत्रमा परिश्रम गरेर आफ्नै ठाउँको विकाश गर्नुपर्ने बताएका हुन्। 

‘हामीले आफ्नै ठाउँमा परिश्रम गनुपर्छ’, उनले भने, ‘यहाँ उपस्थित सबैले आ–आफना रुचिका विषय लिएर पढ्नुभएको छ। हामीले हाम्रो क्षेत्रलाई अघि बढाउन आफ्नै क्षेत्रमा परिश्रम गर्नुपर्छ। त्यसैले गाउँपालिकाले विभिन्न क्षेत्रमा विभिन्न योग्यता भएका विद्यार्थीलाई मध्यनजर गर्दै सूचना खुलाउने छौँ। आफ्नो योग्यता जहाँ फिट हुन्छ, तपाईंहरु पालिकामा आउनुपर्ने हुन्छ। ’

यस्तै पालिका अध्यक्ष बुढाले शिक्षालाई प्राथमिकता दिँदै आगामी दिनमा विद्यार्थीहरुको सहयोगमा हरबखत लागिपर्ने बताए।  

कार्यक्रममा सहभागी विद्यार्थी सृजना महतले पहिलेका जनप्रतिनिधिले काम लिएर भेट्न जाँदासमेत ठुलो हुने गरेको बताइन्।  

‘पहिलेका जनप्रतिनीधिसँग भेटघाट त के हामी कुनै काम लिएर गएपनि ठुलो पल्टनु हुन्थो,’ ‘तर अहिले हाम्रो पालिकामा हामीले राम्रौ मान्छे चुनेका रहेछौ। हामीलाई यस कुराले भने हाम्रो मत सुनिश्चित भएको लाग्छ’, उनले भनिन्। 

साथै कार्यक्रममा उपस्थित विद्यार्थीहरूले जनप्रतिनिधीसँग विद्यार्थीले सुझाव लिन पाउँदा नौलो अनुभव भएको बताए।

उनीहरुले भने, ‘यसरी जनप्रतिनिधिसँग बसेर, विद्यार्थीको सल्लाहसुझाव लिएर कसरी अघि बढ्नुपर्छ भनी पहल गर्ने प्रतिनिधि पाएर हामी अत्यन्तै खुसी छौँ। ’

 

प्रकाशित मिति: : 2022-08-21 17:50:00

प्रतिकृया दिनुहोस्