अमेरिका र दक्षिण कोरियाले सुरू गर्‍याे संयुक्त सैन्य अभ्यास

सुहन श्रेष्ठ

दक्षिण कोरिया
Photo: Kim Hong-Ji/ Reuters
Photo: Kim Hong-Ji/ Reuters

उत्तर कोरियाको सम्भावित हतियार परीक्षणहरूको तयारीलाई कडा पार्न दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेकाे छ।

उल्ची फ्रीडम शिल्ड नामक कोरियाको वार्षिक ग्रीष्मकालीन अभ्यास सोमबारबाट सुरु भएको हाे। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मेमा पदभार ग्रहण गरेपछि संयुक्त अभ्यासलाई 'सामान्य' बनाउने र उत्तर कोरियाविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने वाचा गरेपछि उक्त संयुक्त अभ्यासको घोषणा भएको हो।  

कोरोना महामारीपछि पहिलो पटक दक्षिण कोरियाले सरकारी तयारीलाई बढावा दिन डिजाइन गरिएको चार दिने उल्ची नागरिक रक्षा अभ्यास सुरु गरेको हाे।  

चिप कारखाना र आपूर्ति श्रृंखलाहरू जस्ता प्रमुख सुविधाहरूविरुद्ध साइबर खतराहरू विकसित हुँदै गएको युद्धको बदलिँदो ढाँचासँग मेल खाने सैन्य र सिभिल अभ्यासको उद्देश्य देशको तयारीमा सुधार गर्ने लक्ष्यले सुरु भएको यूनले बताए। 

'कोरियाली प्रायद्वीपमा शान्ति कायम राख्नु हाम्रो वायुरोधी सुरक्षा आसनमा आधारित छ' युनले मन्त्रिपरिषद्को बैठकमा भने। 

वाशिंगटन र सियोलले उनीहरूको अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेपनि प्योङयाङले उक्त अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा चित्रण गरेको छ।  

गत साता अमेरिकी र दक्षिण कोरियाली सेनाले अभ्यासका लागि प्रारम्भिक प्रशिक्षण सुरु गर्दा उत्तर कोरियाले पश्चिमी तटबाट दुई वटा क्रुज मिसाइल प्रहार गरेको थियो।

दक्षिण कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षणहरू गरेको र कुनै पनि समयमा आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरू बताएउँछन्।

प्योङयाङले आणविक निशस्त्रीकरणको दिशामा कदम चालेको खण्डमा आफ्नो सरकार आर्थिक सहायता उपलब्ध गराउन तयार रहेको बताउने यूनकाे उत्तर कोरियाले खुलेर आलोचना गर्दै उनको प्रस्तावलाई अस्वीकार गरेको छ। (एजेन्सीको सहयोगमा)

 
 

प्रकाशित मिति: : 2022-08-22 15:07:00

प्रतिकृया दिनुहोस्