नाइजेरियामा द्रुत रुपमा कुपोषण बढदै

File photo
File photo

संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो।

खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ।

सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ।

सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ।साथै यो वर्षभरिमा सो क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको पनि बताइएको छ।

सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायहरु समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरु वितरण गर्दै आएका छन्।

अझै पनि सो क्षेत्रमा खाद्यान्नको अभाव रहेको पाइएको पनि समाचारमा जनाइएको छ। खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुहरुको यहाँ दिन प्रतिदिन खाँचो बढ्दै गएको पनि पाइएको छ।

नाइजेरियामा आन्तरिक द्वन्द्व एवं खडेरीका कारण केही वर्ष यतादेखि समस्या उत्पन्न हुदै आएको छ। 

प्रकाशित मिति: : 2022-08-24 17:39:00

प्रतिकृया दिनुहोस्