दाङ क्षेत्र नम्बर २ ‘क’ मा बलिभद्र राना सर्वसम्मत

File Photo
File Photo

आशन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गर्न सुरु भएको छ।

नेकपा एमाले दाङले आजबाट उम्मेदवार सिफारिस सुरु गरेको छ। केन्द्रीय कमिटीको निर्देशन अनुसार शनिबार प्रदेश सभा निर्वाचन क्षेत्रीय क्षेत्र समन्वय कमिटीहरुले प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गर्न लागेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए।

जिल्लाका ३ वटा निर्वाचन क्षेत्र अन्तर्गत रहेका ६ वटा प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा क्षेत्र नम्बर २ ‘क’ मा प्रदेश सभा सदस्य बलिभद्र रानाको नाम सर्वसम्मत सिफारिस गरिएको घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीले बताए। २०७४ सालको निर्वाचनमा महासचिव शंकर पोखरेल निर्वाचित भएका थिए।

छनौट कमिटिका संयोजक भानसिंह बुढाको अध्यक्षता एवं पोलिटव्युरो सदस्य एवं दाङ इञ्चार्ज नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता सिग्देल न्यौपाने, साजिदा सिद्दिकी, जिल्ला सचिव मनोहर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-09-03 11:45:00

प्रतिकृया दिनुहोस्